detail-img

देशमा मनपरितन्त्र चलिरहेको छ : पार्टी अध्यक्ष ओली

 सुर्खेत । सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली  देशमा मनपरितन्त्र चलिरहेको बताउनु भएको छ ।  

बैतडीको झुलाघाट मध्यपहाडि लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुग्नु भएका अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्दनको सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्रा कमजोर भएको र सिमा रक्षामा पनि चुकेको बताउनु भएको हो । 

देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतित ब्याजद दरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काडेर देश चलाउनु पर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गर्नुभएका पुर्वप्रधानमन्त्री ओलीले भन्नुभयो,  ‘देश अहिले इतिहाँसमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुषखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ । देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्दन सरकारले ल्याएको हो ।’

यो हामीलाई मात्रै नभएर सबै राजनीतिक दल, जनतालाई पनि चिन्ता हुनुपर्ने हो तर सरकारमा सहभागि दल कानमा तेल हलोर बसेको दावी गर्नु भएका अध्यक्ष ओलीले सत्ताठबन्दन दलहरुले देशमा विभाजन र बिखण्डनको बिउ रोपेको आरोप लगाउनु भयो । 
हामीले आप्mनै मोवाइलमा जमिन देख्ने 

अहिले कृषिका उर्भर भूमिहरु उजाड हुँदै गएका छन् । दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरु छन्, भु–परिवेष्टित देशहरु छन्, उजाड भूगोल भएका देशहरु छन् तर विकास र समृद्धीका हिसाबले निकै राम्रो फड्को मार्दै गएका छन् उदारहण दिदैं उहाँले पहाडको स्थिती के कस्तो रहेछ ? हामीले निर्माण शुरु गरेका राजमार्ग, बनाएका बाटाहरु, हामी बनाएका पुलपुलेसा, कृषिको आधुनिकिकरण, हामीले अघि बढाएका विकास काम कस्ता रहेछन् ? भन्ने स्थलगत अनुगमन र नयाँ कामका संभावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि यो अभियान शुरु गरेको बताउनु भयो । 

सुर्खेतमा आयोजित सन्देशसभालाई संवोधन गर्दै ओलीले देशको स्वाभिमान, देशको अस्थितत्व रक्षा र समृद्धीका लागि, भ्रष्टाचार र घुषखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । 

Surkhet -11701695010.jpg

वर्षले दल पुरानो हुन्न 
एमाले अध्यक्ष ओलीले वर्षका आधारले मात्रै राजनीतिक दल पुरानो नहुने उल्लेख गर्नु भएको छ । 

पछिल्लो समय ठूला राजनीतिक दलहरुलाई पुराना दलको संज्ञाप्रति इंगित गर्दै ओलीले पार्टीको नीति, बिचार र कार्यक्रमका आधारमा  मात्रै राजनीतिक पद नयाँ र पुरानो हुने बताउनु भयो । 

‘कुनैपनि वर्षले पुरानो हुने होइन् नीति र बिचारले पुरानो हुने हो । कांग्रेस पार्टी पुरानो भयो । अहिलेको सरकार पुरानो भयो । कुनै नीति, भिजन र उद्देश्य बिहिन सरकार एक वर्षमै धेरै पुरानो भैसक्यो’, प्रतिप्रश्न गर्दै उहाँले थप्नुभयो, ‘एमालेलाई पुरानो भयो भन्ने को हो ? हाम्रो पार्टीलाई कस्ले पुरानो भयो भन्छ ? हामीसँग देशको रुपान्तरण गर्ने, नीति, उद्देश्य, कार्यक्रम, अभियान नयाँ छ, गतिसिल छ । त्यसैले एमाले पुरानो दल होइन बरु एमालेलाई पुरानो देख्ने नजर पुरानो हो ।’

सुर्खेतको पार्टी कार्यालय अघि आयोजना गरेको सन्देश सभामा अध्यक्ष ओलीकी धर्मपत्नि राधिका शाक्य, पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई लगायत स्थायी कमिटि सदस्य, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका नेता कार्यकर्ता सहभागि हुनुहुन्छ । 

कार्यक्रम लगत्तै ओलीको टोली पुरातात्वीक महत्व बोकेको कांक्रेबिहानको अवलोकनमा गएको छ । विभिन्न कार्यक्रम र भेटघाटमा सहभागि हुँदै एमाले अभियान टोली  आज सुर्खेतमै वास बस्ने एमाले स्थायी कमिटि सदीय तथा सुर्खेत जिल्ला इन्चार्ज गोरख बोगटीले जानकारी दिनुभयो ।

WhatsApp Image 2023-12-04 at 11.04.47_634cb5a91701695013.jpg